राजनीति


उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासी पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्

उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासी पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्

नेपालखबर
बैशाख १२, २०८३ शनिबार ८:५७, काठमाडौँ

उज्यालो नेपाल पार्टीले काठमाडौँ उपत्यकाको नदी किनारबाट हटाइएका नागरिकमध्ये वास्तविक सुकुमवासी पहिचान गरी उनीहरूको उचित र दीर्घकालिन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। 

शनिबार बिहान विज्ञप्ति जारी गरी उज्यालो नेपाल पार्टीले भनेको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानवअधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ।’

सबै सरोकारवाला पक्ष- सरकार, स्थानीय तह, नागरिक समाज र सुकुमवासी समुदायलाई संवेदनशील भई संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न पार्टीले आह्वान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad