समाज


लजमा आगो लाग्दा कामदारको मृत्यु

लजमा आगो लाग्दा कामदारको मृत्यु

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १४:५, काठमाडौँ

कैलालीमा लजमा आगो लाग्दा जलेर एकजना कामदारको मृत्यु भएको छ। 

घोडाघोडी नगरपालिका-१ सुखड बजारमा रहेको बिबेक रेष्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा त्यहाँ कार्यरत एक पुरुषको मृत्यु भएको हो। 

मृत्यु हुनेमा डडेलधुराको आलिताल घरभएका ५० वर्षीय मिन बहादुर बोहरा रहेका प्रहरीले जनाएको छ।

त्यसैगरि सर्लाहीको बलरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

बलरा नगरपालिका-४ बलरा बस्ने २२ वर्षीय बिनोद झाको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा बत्ती बाल्नको लागि विद्युतको तार जोड्ने क्रममा  करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

उनको काब्या अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad