समाज


राशिफल १४ वैशाख : मिथुनको हिम्मत बढ्ने, वृश्चिकको दैनिक कार्यमा प्रगति, तपाईँको दिन कस्तो?

राशिफल १४ वैशाख : मिथुनको हिम्मत बढ्ने, वृश्चिकको दैनिक कार्यमा प्रगति, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
बैशाख १४, २०८३ सोमबार ४:३४, काठमाडौँ

आज सोमबार, १४ वैशाख २०८३ (२७ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: मनोरञ्जनमा सहभागी भइएला। घरमा अतिथिको आगमन हुनेछ। प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। भावनालाई होइन, विवेकलाई सुन्नु उचित हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: लाभहानि बराबरी रहने खालको दिन छ। प्रतिष्ठित व्यक्तिसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मिथुन: शुभ समाचार सुन्न पाइनेछ। मनमा रहेका अनावश्यक कौतुहल मेटिनेछन्। मनमा उत्साह र उमङ्गको सिर्जना हुनेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ८७, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले असहायलाई सहयोग गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्राविधिक काम सहजै सम्पन्न हुनेछन्। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: ठिक समयमा सही निर्णय लिन सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यवसायमा सफलता मिल्नेछ। आर्थिक सहयोग पाइनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। साँझमा खर्च बढ्न सक्छ। फरक सोचले नै सफलता दिलाउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामूहिक छलफल फलदायी रहनेछ। नजिकका मित्रसँग भेटघाट हुनेछ। शुभकार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक: दैनिक कार्यमा प्रगति हुनेछ। आँटे-ताकेको कार्य अघि बढ्नेछ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। ताकेको काम पूर्ण होला। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: कुनै समाचारले मनमा शान्ति छाउनेछ। शुभ कार्य र धार्मिक तथा सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। नयाँ कामको थालनी हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरा कार्य सहजै अघि बढ्नेछ। महत्त्वपूर्ण अवसर गुम्ने खतरा छ। खर्चको मात्रामा वृद्धि हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।

कुम्भ: धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। चुनौतीको सामना गर्नु पर्ला। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन: धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। नयाँ कार्यको थालनी हुन सक्छ। कतै लगानीको वातावरण बन्नेछ। ‘तुलना होइन, आत्ममूल्याङ्‌कन रोज्छु’ भन्ने मन्त्र आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad