समाज


बाजुरामा डोजर दुर्घटना हुँदा १८ वर्षीय युवक बेपत्ता

बाजुरामा डोजर दुर्घटना हुँदा १८ वर्षीय युवक बेपत्ता

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १९:१२, बाजुरा

जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज डोजर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्। सडक निर्माणका क्रममा स्काभेटर (डोजर)  अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको नरहरीनाथ गाउँपालिका-२ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन्।

सडकका लागि बाटो खन्ने क्रममा डोजर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।

उक्त दुर्घटनामा चालक र सहचालक सकुल रहेका बताउँदै उनले बेपत्ता भएका युवकको जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहरी कार्यालय कोल्टी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित नेपाली सेनाको समन्वयमा खोजी कार्य भइरहेको जानकारी दिए।

बाजुरा र कालीकोटको सिमाना रहेको लैफुडाँडामा डोजरले सडकका लागि बाटो खन्ने क्रममा दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad