जबरजस्ती करणीको आरोपमा प्रहरीले कैलालीबाट एक युवकलाई पक्राउ गरेको छ।
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुराको अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुरेशले ती युवतीलाई कैलालीको धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ।
सुरेशविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको भनाइ छ।
732
Shares

प्रतिक्रिया