समाज


कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउने, यी चार विषय पढेको हुनुपर्ने

कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउने, यी चार विषय पढेको हुनुपर्ने

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १६:३१, काठमाडौँ

शिक्षक सेवा आयोगलले चार वटा मुख्य विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको छ।

आयोगले सूचना प्रकाशित गरी कक्षा ११ र १२ मा चार वटा मुख्य विषय अध्ययन गरेकालाई मात्र निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको हो। कक्षा ११ मा बाल विकास र सिकाइ, कक्षा १२ मा शैक्षिक विधि र मूल्याकंन पढेको हुनुपर्नेछ। 

त्यस्तै, कक्षा ११ र १२ मा मनोविज्ञान तथा शिक्षा र विकास अध्ययन गरेकालाई मात्र आयोगले कक्षा ८ सम्म पढाउन लाइसेन्स लिने जनाएको छ।

शिक्षा ऐन, २०२८ ले शिक्षक सेवा आयोगबाट अनुमति नलिइ शिक्षक बन्न नपाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad