समाज


ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा

ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा

नेपालखबर
बैशाख १६, २०८३ बुधबार ७:४२, काठमाडौँ

ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’दिनका अवसरमा आज बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ।

रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि वैशाख १६ गते बुधबार परेकाले आज महानगरवासी जात्रामा सहभागीताका लागि महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।

ललितपुरको पुलचोकमा ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई विराजमान गराई गत वैशाख ८ गतेदेखि रथ तान्ने कार्य सुरु गरिएको थियो। 

रथलाई गाःबहाल, मङ्गलबजार, सुनधारा हुँदै लगनखेल पुर्‍याइएपछि बलि पूजा सम्पन्न गरी आज रथको टुप्पोबाट नरिवल खसाल्ने परम्परा रहँदै आएको छ ।

धार्मिक परम्परा र संस्कृतिको सम्मानका साथ महानगरपालिकाले तीन वर्षअघि देखि ‘नरिवल खसाल्ने’ दिनलाई स्थानीय बिदाका रूपमा घोषणा गर्दै आएको प्रमुख महर्जनले बताए।

रथजात्राअन्तर्गत लगनखेल क्षेत्रमा हुने ‘नरिवल खसाल्ने’ परम्परा धार्मिक आस्था र सांस्कृतिक महत्त्वसँग जोडिएको छ। 

यस दिन नगरवासीको उल्लेख्य सहभागिता रहने भएकाले सार्वजनिक उपस्थिति व्यवस्थापन तथा परम्पराको सम्मानस्वरूप बिदा दिइएको महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad