सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा थप एक व्यवसायी पक्राउ परेका छन्।
आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौलीलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१२ स्थायी ठेगाना भई हाल काठमाडौँको बूढानीलकण्ठ-९, मण्डिखाटार बस्ने ७० वर्षीय गौलीलाई बुधबार नियन्त्रणमा लिएको जनाएको छ।
उनीविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
यही प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित १३ जना पक्राउ परेका छन्। जसमा १० जना व्यवसायी छन्।
147
Shares

प्रतिक्रिया