समाज


मुसेखोलामा पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध

मुसेखोलामा पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध

नेपालखबर
बैशाख १६, २०८३ बुधबार २०:८, काठमाडौँ

वर्षातका कारण पहिरो खसेपछि मुग्लिन-पोखरा सडक अवरुद्ध भएको छ। 

मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरापकिला-१, मुसे खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडकभन्दा ५० मिटरमाथिबाट ढुंगा, हिलो, लेदोसहित पहिरो खसेको हो। 

पहिरो पन्छाउन नेपाल प्रहरी र सडक डिभिजन कार्यालयको टोली खटिएको छ। तर, पहिरो खस्ने क्रममा जारी रहेकाले यातायात सञ्चालन हुन सकेको छैन। 

पहिरो पन्छाउँदा माथिबाट ढुंगा खस्ने क्रममा जारी रहेको प्रहरीले जनाएको छ। यससँगै पानी परिरहेकाले जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले सचेत गराएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad