नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु भारतीय महिला लिगमा सहभागी हुन भारत पुगेका छन्।
आईडब्लुएल क्लब किकस्टार्टमा आवद्ध रेनुका र सरु बुधबार भारत पुगेर क्लबमा टोलीसँगै प्रशिक्षण समेत गरिसकेका छन्।
किकस्टार्टले भोलि बिहीबार निता फुटबलसँग खेल्दैछ।
रेनुका र सरु महिला लिगको दोस्रो चरणमा किकस्टार्टको प्रतिनिधित्व गर्नेछन्। सरु र रेनुकाले यसअघि पनि किक स्टारबाट नै महिला लिग खेलेका थिए।
पहिलो चरणबाट नै उनीहरूलाई क्लबले आवद्ध गर्न चाहेपनि साफ क्लब च्याम्पियनसिप र घरेलु प्रतियोगिताका कारण उनीहरु दोस्रो चरणका लागि मात्र उपलब्ध भएका हुन्।
उनीहरू आवद्ध क्लब अहिले ७ खेलबाट ६ अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ। इष्ट बंगाल अंक तालिकाको शीर्ष स्थानमा छ। महिला लिगमा ८ क्लब सहभागी छन्।
Shares

प्रतिक्रिया