समाज


राशिफल २२ वैशाख : मकरको अधुरा काम पूरा हुने, मीनलाई सार्वजनिक पद मिल्ने, तपाईँको के?

राशिफल २२ वैशाख : मकरको अधुरा काम पूरा हुने, मीनलाई सार्वजनिक पद मिल्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख २२, २०८३ मंगलबार ४:३९, काठमाडौँ

आज मङ्गलबार, २२ वैशाख २०८३ (५ मे २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: आलस्य नत्यागेमा आँटेको काममा सफलता मिल्न मुस्किल पर्ला। राम्रै गर्दा पनि कार्यमा अवरोध आउन सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। बाहिरी गफगाफमा भुल्दा व्यापार व्यवसायमा असर पर्न सक्छ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष: कुनै समाचारले मनमा शान्ति छाउनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आर्थिक लाभ हुनेछ। कुनै कुराले मनमा खुसी मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। धर्म तथा समाजसेवामा मन जानेछ। सामाजिक उत्तरदायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७३, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह: दिन मध्यम रहनेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु पर्छ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ लक्ष्य प्राप्तिको योग देखिन्छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। मेहनतको प्रशंसा हुनेछ। धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। रमाइलो यात्राको योग छ। बिछोडिएका मित्रसँग पुनर्मिलनको अवसर छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। पढाइलेखाइमा भने सोचेजस्तो प्रगति नहुन सक्छ।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: अधुरो कार्यले पूर्णता पाउनेछ। पेसा-व्यवसायबाट लाभ हुनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। कृषि क्षेत्रमा सफल भइनेछ। रमाइलो यात्राको योग छ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

धनु: महत्त्वपूर्ण अवसर गुम्ने खतरा छ। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ। साँझमा प्रतिष्ठित व्यक्तिसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: रोकिएका काम पूर्ण हुनेछन्। कार्य सम्पादनमा सहजता मिल्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ: शुभ समाचार सुन्न र शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक क्षेत्रको काम सहजै अघि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। पुनर्मिलनको योग छ। विश्वासपात्रले भने कुरा फेर्न सक्छन्।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउन सकिन्छ। बोलीको भरमा सङ्कल्पसिद्ध हुन सक्छ। विद्या र बुद्धिको विकास हुनेछ। शुभ समाचार सुन्नमा आउला।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad