समाज


स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टलाई कारबाही गर्न सिफारिस

स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टलाई कारबाही गर्न सिफारिस

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १२:१४, काठमाडौँ

काठमाडौँको स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टलाई कारबाही गर्न नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेको छ। 

स्पार्क इन्टरनेसनलविरुद्ध मेडिकल काउन्सिलमा आएको उजुरीका परेको थियो। त्यसपछि काउन्सिलको टोली स्थलगत निरीक्षण गर्दा गम्भीर अनियमितता फेला परेको जनाएको छ। 

स्पार्कमा उपचारमा संलग्न डा. चेतना पौड्यल नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको पाइएको छ। साथै बिरामीको अवस्था मूल्याङ्कन नगरी एकैपटक धेरै परीक्षण गराउन सिफारिस गर्ने, सर्वसाधारणलाई भ्रममा पार्ने र अनावश्यक डर देखाई परीक्षण गराउने जस्ता कार्य भएको देखिएको काउन्सिलले जनाएको छ। 

स्थलगत अनुगमनपछि काउन्सिलको स्पार्क इन्टरनेसनलाई कारबाही गर्न चन्द्रागिरी नगरपालिकाको स्वास्थ्य शाखालाई सिफारिस गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad