बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा बियरको बोतल प्रहार गरी युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
ब्रतबन्ध कार्यक्रममा आएका युवकहरुबीच झगडा हुँदा युवाहरूको समूहले बियरका बोतल प्रहार गरेका थिए।
सो क्रममा घाइते भएका खजुरा गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल चन्द ठकुरीको ज्यान गएको हो।
यस्तै, जुम्लाको चन्दनाथ नगरपालिका–४ घर भई हाल बेलाशपुर बस्ने २० वर्षीय योगेन्द्र सुनार घाइते भएका छन्।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवा बस्ने १९ वर्षीय दिपेन्द्रराज गिरी, १८ वर्षीय सुसिल खत्री, २० वर्षीय खकेन्द्र देबकोटा र २० वर्षीय बिबियस कुँवरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
153
Shares

प्रतिक्रिया