ग्लोबल


चुनावलगत्तै पश्चिम बंगालमा भड्कियो हिंसा, मुख्यमन्त्री ममताको पार्टी कार्यालयमा बुलडोजर

चुनावलगत्तै पश्चिम बंगालमा भड्कियो हिंसा, मुख्यमन्त्री ममताको पार्टी कार्यालयमा बुलडोजर

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १५:४, काठमाडौँ

भारतीय जनता पार्टी (भाजपा) ले विधानसभा चुनावमा पहिलोपटक बहुमत ल्याउँदै सरकार गठन गर्न लागेको भारतीय राज्य पश्चिम बंगालमा हिंसा भड्किएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति कोलकाताको नयाँ बजारमा एउटा भिडले तृणमूल कंग्रेस (टीएमसी) को पार्टी कार्यालयमा बुलडोजर चलाएको हो। आक्रमणकारीहरूले नजिकैका पसलमा पनि क्षति गरेका छन्।

घटनाको भिडिओ सेयर गर्दै तृणमूल कंग्रेसले एक्समा लेखेको छ, ‘भाजपाको 'परिवर्तन'ले बुलडोजर लिएर आयो।’

टीएमसी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको पार्टी हो। 

मुख्यमन्त्री ममताको निवास, उनका भतिजा अभिषेक बनर्जीको निवास र कोलकातामा रहेको तृणमूल कंग्रेसको मुख्यालयबाट अतिरिक्त प्रहरी तैनाथी हटाइएको छ। बुधबार तीनै स्थानमा कुनै पनि प्रहरी कर्मचारी देखिएनन्।

ममताको निवास बाहिर लगाइएका ब्यारिकेड पनि हटाइएको छ। अभिषेक डायमन्डड हार्बर निर्वाचन क्षेत्रका सांसद हुन्। उनको जेड-श्रेणीको सुरक्षा कायम रहनेछ।

पछिल्लो २४ घण्टामा पश्चिम बंगालमा चार जनाको मृत्यु भएको छ। यसमा दुई जना भाजपा र दुई जना तृणमूल कंग्रेस कार्यकर्ता छन्। भाजपाले उत्तर २४ परगना र हावडामा आफ्ना दुई कार्यकर्ता तृणमूल कंग्रेसले मारेको आरोप लगाएको छ।

तृणमूलले भनेको छ, ‘भाजपा समर्थकहरूले कोलकाता र वीरभूममा हाम्रम दुईजना पार्टी सदस्यको हत्या गरेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad