कारोबार


लगानीकर्ता ‘पर्ख र हेर’मै बस्दा सेयरबजारमा बढेन चहलपहल

लगानीकर्ता ‘पर्ख र हेर’मै बस्दा सेयरबजारमा बढेन चहलपहल

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १५:१४, काठमाडौँ

पछिल्लो समय लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाउँदा सेयरबजारमा उल्लेख्य चहलपहल हुनसकेको छैन। 

सूचक निरन्तरजसो घट्ने र कारोबार रकम पनि खासै नबढ्ने अवस्था सेयरबजारमा देखिएको हो। 

बुधबार पनि यही क्रमले निरन्तरता पाएको छ। सूचक नेप्से १.६४ अंकले घटेर २७११.२२ विन्दुमा रोकिँदा ३ अर्ब १९ करोडको मात्र कारोबार भएको छ। 

कारोबार कित्ता संख्या समेत ७१ लाखमा खुम्चिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस दिन १०४ वटा सेयरको मूल्य १३.७४ प्रतिशतसम्मले बढे पनि १४९ वटा सेयरको भने ८.९० प्रतिशतसम्मले घटेको छ। १५ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। 

यस दिन २२ करोड ११ लाखसम्मको उच्च कारोबार भएको छ। सोलु हाइड्रोको यो परिमाणमा कारोबार भएको हो। यसबाहेक रिलायन्स स्पिनिङको १६ करोड, नेशनल हाइड्रोको १४ करोड, ङादी ग्रुप पावरको १२ करोडको कारोबार भएको छ। बुधबार वाणिज्य बैंक, फाइनान्स, होटल र पर्यटन, लगानी, माइक्रोफाइनान्स, सामूहिक लगानी, निर्जीवन बीमा र अन्य समूह बढे पनि बाँकी सबै घटेका छन्। 

पछिल्लो समय बजारमा नेप्सेको बढ्ने अंक न्यून र घट्ने अंक धेरै देखिँदै आएको छ। त्यस्तै कारोबार रकमसमेत पछिल्लो १५ कारोबार दिनमा एकपटक १० अर्ब ५३ करोडसम्म पुगे पनि त्यसयता निरन्तर घट्दै ३ अर्बमा झरेको छ। 

सेयरबजारमा सरकारले ल्याउन सक्ने दीर्घकालीन नीतिको पर्खाइमा लगानीकर्ता रहेको देखिन्छ। सोही कारण सेयरबजारमा रौनक छाउन सकेको छैन। यद्यपि नयाँ सरकार आएसँगै सर्किटका नियमहरुमा फेरबदल भएका छन्। तर त्यसले पनि बजारमा सूचक र कारोबार बढाउन उल्लेख्य योगदान गर्न नसकेको देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad