समाज


खोलामा डुबेर दुई बालकको मृत्यु

खोलामा डुबेर दुई बालकको मृत्यु

नेपालखबर
बैशाख २३, २०८३ बुधबार २१:५७, इनरुवा (सुनसरी)

रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर आज दुई बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।

खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए। 

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad