जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै, तराई भू–भागमा आंशिक बादल लाग्नेछ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोसी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। त्यस्तै, बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।
कोसी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा कोसी प्रदेशको तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।
Shares

प्रतिक्रिया