बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका-१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रुपमा अबरुद्ध भएको छ।
वैशाख २६ गते भएको वर्षाले बाढी आएको थियो। बाढीका कारण उदयपुर कटारी नगरपालिका-१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
त्यस्तै, काभ्रेपलाञ्चोकस्थित सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने बीपी राजमार्ग सडकखण्डमा पनि राति गाडी चलाउन रोक लगाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाईएको प्रहरीले जनाएको छ।
21
Shares

प्रतिक्रिया