केन्द्रीय कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक कैदी पक्राउ परेका छन्।
लागुऔषध कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ ठेगाना भएका वर्ष ४१ को जीवन पुर्कुटी भन्ने जीवन बहादुर पुर्कुटीलाई पक्राउ गरेको हो।
कर्तब्य ज्यान मुद्दामा २५ वर्ष कैद र १ लाख जरिवाना फैसला भै केन्द्रीय कारागारमा कैद भुक्तान गरि रहेको अबस्थामा उनी गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा भागी फरार रहेका थिए।
पुर्कुटीलाई केन्द्रीय कारागार कार्यालय जगनान्थदेवल सुन्धारा बुझाइएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जनाएका छन्।
21
Shares

प्रतिक्रिया