समाज


राशिफल ३० वैशाख : सिंहलाई जग्गाजमिनबाट फाइदा, मीनको लाभदायक यात्रा, तपाईँको दिन कस्तो?

राशिफल ३० वैशाख : सिंहलाई जग्गाजमिनबाट फाइदा, मीनको लाभदायक यात्रा, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
बैशाख ३०, २०८३ बुधबार ४:३३, काठमाडौँ

आज बुधबार, ३० वैशाख २०८३ (१३ मे २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: नयाँ काम सुरु गर्ने समय छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आँटे-ताकेको कार्य पूरा होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: नियमित खर्च बढ्ने योग छ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। साँझमा प्रेम जीवन सबल र सफल हुनेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मिथुन: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइइएला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कर्कट: धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। नयाँ कामको सुरुआत हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। सेयर बजारमा सफलताको सम्भावनालाई नकार्न सकिँदैन। समयको सही सदुपयोग हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। सेयर बजारको कारोबार सन्तोषजनक रहनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ रातो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कन्या: कडा परिश्रम व्यर्थै खेर जान सक्छ। कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ। वैदेशिक कार्यमा अवरोध हुनेछ। कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ। गरेका काममा ढिलासुस्ती कहुनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

तुला: नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। कहीँकतैबाट उपहार प्राप्त होला। सवारी साधनको खरिद बिक्री हुने योग छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक: स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। रोकिएका कार्यको पुन: थालनी हुनेछ। शुभ समाचार सुन्न पाइएला। नजिकका साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। अचल सम्पत्ति हात पर्ने योग छ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

धनु: चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जानेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मकर: लाभहानि बराबर रहनेछ। अनावश्यक ठाउँमा धन खर्च होला। मनमा दुबिधा उत्पन्न हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। आहारविहारमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ: धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। चिताएको कामले तीव्रता लिनेछ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मीन: धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको काम सम्पादन होला। तर्क र विवादमा आफू माथि परिनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad