समाज


काठमाडौँबाट १०५ सडक मानवको उद्धार

काठमाडौँबाट १०५ सडक मानवको उद्धार

फाइल तस्बिर


नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ६:४५, काठमाडौँ

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका विभिन्न स्थानमा सडकमा मागि खाई हिँड्ने सयौँ जना नागरिकको उद्धार गरिएको जनाएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहत रहेका जिल्ला प्रहरी परिसरअन्तर्गतका प्रहरी इकाइहरूले मंगलबार साँझ ७ बजेसम्म सञ्चालन गरेको अभियानमा सडकमा मागि खाइ हिँड्ने सयौँ व्यक्तिहरूको उद्धार गरेको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार ६६ जना पुरुष, २२ जना महिला, नौ जना बालक र आठ बालिका गरी जम्मा १०५ जनालाई उद्धार गरिएको हो। 

उद्धार गरिएकामध्ये ४० जनालाई गौशालास्थित होल्डिङ सेन्टरमा राखिएको छ भने १६ जनालाई आफन्तको जिम्मा लगाएर पठाइएको तथा बाँकी ४९ जनाको स्क्यानिङ भइरहेको छ।

त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरअन्तर्गत पुरुष १९ र महिला सात गरी २६ जनालाई नियन्त्रणमा लिइएको छ। 

तीमध्ये दुई जनालाई मानव सेवा आश्रम धापाखेलमा राखिएको, दुई जनालाई आफन्तको जिम्मा लगाइएको तथा २२ जनाको जिल्ला प्रहरी परिसर ललितपुरमा स्क्यानिङ भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सडकमा माग्दै हिँड्ने व्यक्तिहरूको व्यवस्थापन, पुनःस्थापना तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी अभियानलाई निरन्तरता दिने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad