समाज


काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना, कस्तो होला दिनभर मौसम

काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना, कस्तो होला दिनभर मौसम

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ६:१८, काठमाडौँ

आज बुधबार पनि काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।

‘आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, नेपालखबरसँग उनले भने, ‘आज दिनभर काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लाग्नेछ यद्यपि बेलाबेला घाम पनि देखिनेछ।’   

देशभरको मौसम र वर्षाको सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे बुलेटिन जारी गर्नेछ। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad