राजनीति


प्रतिनिधिसभाको आजको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधिसभाको आजको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने

फाइल फोटो


नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ७:२७, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।

बुधबार बिहान ११ बजेदेखि सुरु हुने बैठकमा  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम पेस गरेका थिए। 

सदनको मङ्गलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। 

सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ। चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/ ८४ को बजेटसमेत प्रस्तुत हुनेछ। 

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १२ः१५ बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad