समाज


सिन्धुपाल्चोकका यी ७ विद्यालयको एसईई नतिजा शून्य

सिन्धुपाल्चोकका यी ७ विद्यालयको एसईई नतिजा शून्य

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ११:३०, काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुपाल्चोकका सातवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ। 

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका सतवटा सामुदायिक विद्यालयबाट एसईईमा कोही पनि उत्तीर्ण हुन सकेनन्। 

लिसङ्खुपाखर गाउँपालिकास्थित बुद्धोदय मावि, धर्मोदय मावि, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि चौतारा, बलेफी गाउँपालिकाको वनसाँघु मावि, भोटेकोशी गाउँपालिकाको मार्मिङ मावि र भीमसेन मावि तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा साधारणतर्फ सबै विद्यार्थी ‘ननग्रेडेड’ भएका हुन्। 

यीमध्ये लिसङ्खुको बुद्धोदय मावि, भोटेकोशीको भीमसेन मावि र हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा प्राविधिक धारको समेत पठनपाठन हुने गरेको छ। 

प्राविधिक धारतर्फ भने केही विद्यार्थीमात्र ‘ग्रेडेड’ भएका थिए। 

सिन्धुपाल्चोकमा रहेका १२९ सामुदायिक, ११ संस्थागत र तीन खुला विद्यालय गरी जम्मा १४३ विद्यालयले एसइई २०८२ मा सहभागिता जनाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad