समाज


सुकुम्बासीलाई घर भाडाबापत मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्बासीलाई घर भाडाबापत मासिक १५ हजार दिने सरकारको तयारी

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १४:४२, काठमाडौँ

लालपुर्जाविहीन सुकुम्बासीलाई सरकारले घर भाडाबापत मासिक १५ हजार रुपैयाँ दिने तयारी गरेको छ। 

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लालपुर्जाविहीन सुकुम्बासीलाई सरकारले घर भाडाबापत मासिक १५ हजार रुपैयाँ दिने तयारी भइरहेको जानकारी दिएका हुन्। 

बिहीबार बसेको समितिको बैठकमा उनले वास्तविक सुकुम्बासीको पहिचान गरी लालपुर्जा वितरण नहुँदासम्म अस्थायी व्यवस्थापनका लागि घरभाडा स्वरुप १५ हजार रुपैयाँ उपलब्ध गराउने तयारी सरकारले गरेको जानकारी दिए।

बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुमवासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी गराएका छन्। 

काठमाडौँका थापाथली, गैरीगाउँ, मनहरासहितका बस्तीबाट विस्थापित भएका बास्तविक सुकुम्बासीलाई घरभाडा उपलब्ध गराउने तयारी सरकारले गरेको हो। 

हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’को काम भइरहेको पनि सरकारले जनाएको छ। 

बैठकमा शहरी विकास मन्त्रालयका प्रतिनिधिले त्यसका लाग आवश्यक स्रोतको सुनिश्चितता भइसके बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad