समाज


आज कहाँ-कहाँ छ वर्षाको सम्भावना

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना

नेपालखबर
जेठ १, २०८३ शुक्रबार ८:३८, काठमाडौँ

आज शुक्रबार पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। अनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा  हिमपातको पनि सम्भावना छ।

यस्तै राति कोसीसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। अनि कोसीसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यसैबिच आज काठमाडौँ उपत्यकाका पनि थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् मीनकुमार अर्यालले नेपालखबरसँग भने, 'काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना हिजोभन्दा अलि कम देखिएको छ, पानी पर्ने सम्भावना ३० प्रतिशत छ।'

उनका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad