राजनीति


मधेसका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिने

६३ जना प्रदेशसभा सदस्यले पक्षमा मत दिने
मधेसका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिने

फाइल फोटो


नेपालखबर
जेठ १, २०८३ शुक्रबार ८:४९, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन्।

शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ। 

सभामुख राम अशिष यादवले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ प्रदेशसभा वैठक बोलाइएको जानकारी दिएका छन्।

यादवका अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने कार्यसूची बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको जानकारी दिए। 

अर्थमन्त्रालयसहित मधेस सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु पर्ने बाध्यता आइलागेको हो। 

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

प्रदेशसभामा हाल १०२ जना प्रदेशसभा सदस्य छन्। मधेस प्रदेश सरकारलाई बहुमतका लागि ५२ जना प्रदेशसमा सदस्यको समर्थन आवश्यक पर्छ। तर जनमतले समर्थन फिर्ता लिए पनि अहिले यादव नेतृत्वको प्रदेश सरकारलाई ६३ जना प्रदेशसभा सदस्यको समर्थन कायम रहेको बताइएको छ।

नेपाली कांग्रेसको २२, जसपाका २६ र नेपाली कम्युनिष्ट पार्टीका १५ जना सांसद् वर्तमान सरकारकै पक्षमा छन्। 

अहिले पनि जनमतबाट नेता महेश यादव अर्थ र वसन्त कुशवाहा समाज कल्याण तथा खेलकुद मन्त्री छन्।

यादव नेतृत्त्वको सरकार ढालेर एमालेले मधेसमा अर्को सरकार गठनको प्रयत्न गरे पनि त्यो सफल नहुने सत्तारुढ दलका नेताहरुले बताएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad