समाज


प्युठानमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठानमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १५:३, काठमाडौँ

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

शुक्रबार प्युठानको माण्डवी गाउँपालिका–१ डामृखेलास्थित देविस्थान नजिक लु. प्र. ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ। 

भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको छ। भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad