समाज


अस्पतालका गोदाममै सकियो ९ करोडको औषधीको म्याद

अस्पतालका गोदाममै सकियो ९ करोडको औषधीको म्याद

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १६:५९, काठमाडौँ

सरकारी अस्पतालका गोदाममै नौ करोड सात लाख १७ हजार रुपैयाँ बराबरको ‌‍औषधीको म्याद सकिएको पाइएको छ। 

महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा सरकारी असपताल र स्वास्थ्य संस्थामा रहेको करोडौँको ‌‍औषधीको म्याद सकिएको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार, स्वास्थ्य सेवा विभागले खरिद गरेको २८ प्रकारका ‌‍औषधीको म्याद सकिएको पाइएको हो। जसको मूल्य चार करोड ७२ लाख २० हजार रहेको छ। 

त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले किनेका ६ प्रकारका ‌‍औषधीको पनि म्याद सकिएको छ। यसको मूल्य ४७ लाख ७० हजार रुपैयाँ रहेको छ। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)ले खरिद गरेका ६०१ प्रकारका ‌‍औषधीको पनि म्याद सकिएको पाइएको छ। जसको मूल्य एक करोड ४३ लाख ७५ हजार रुपैयाँ रहेको छ। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको एक करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरको ‌‍औषधीको पनि म्याद सकिएको छ। यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको एक करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरको ‌‍औषधीको पनि म्याद सकिएको प्रतिवेदनमा उल्लेख छ। 

स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको ‌‍औषधीको म्इाद समाप्त भएमा, टुटेफुटेमा वा बिक्री नगरी अधिक मौज्दान रहेमा सम्झौताको शर्तअनुसार, उक्त औषधी आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्छ। तर, सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रतिस्थापन नगर्दा गोदाममै म्याद सकिएको पाइएको महालेखाले औँल्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad