कला


आईजीपी कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक

आईजीपी कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १७:५, काठमाडौँ

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ आज सार्वजनिक भएको छ। गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ।

गीतमा दीपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ। गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापालगायतका कलाकारहरूले अभिनय गरेका छन्।

किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ। 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचनामा यसअघि सार्वजनिक भएका ‘आमा म त खरानीबाट उठेर आए’, ‘फूलको बास्ना सरी’लगायत दशैं, तिहार, बाल र कमर्सियल गीतहरू समेत सर्वसाधारणले निकै रूचाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad