समाज


लकडाउन ५८ औँ दिनमा, उपत्यकाबाट ३१४ सवारी साधन नियन्त्रणमा

लकडाउन ५८ औँ दिनमा, उपत्यकाबाट ३१४ सवारी साधन नियन्त्रणमा

नेपालखबर
जेठ ७, २०७७ बुधबार ८:४०,

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ५८ दिन पुगेको छ।

गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको आज (बुधबार) ५८ दिन पुगेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई पार्दै गएको छ। बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनलाई पालना गरिएको पाइएको छ। मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिन्छ। सुरक्षाकर्मीले सवारी चेकजाँचलाई कडाई पारेका छन्।

प्रशासनले जारी गरेको पास बिना सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ। अत्यावस्यक सेवा, ढुवानी सेवाका साधनहरु भने सञ्चालनमा आएका छन्। यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी लगायतका व्यक्तिका सवारी साधनलाई पनि सञ्चालन गर्न दिइएको छ।

आज बिहान १० बजेसम्म उपत्यकाका बिभिन्न स्थानबाट लकडाउन उल्लंघनन गर्ने ३१४ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

उपत्यकाका भित्रि सडक छेउमा रहेका अत्यावस्यक उपभोग्य वस्तुका केही पसलहरु खुलेका देखिन्छन। मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर उपभोग्य वस्तुहरु किनमेल गर्ने गरेका छन्। लामो समयदेखि लकडाउन हुँदा जनजीवन भने प्रभावित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad