समाज


लकडाउनमा प्रेस कार्ड बोकेर चोरी गर्दै आएका २ जना पक्राउ

लकडाउनमा प्रेस कार्ड बोकेर चोरी गर्दै आएका २ जना पक्राउ

नेपालखबर
जेठ ७, २०७७ बुधबार ८:४९,

महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंमा लकडाउनको समयमा प्रेस कार्ड बोकेर चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाले मंगलबार चाबहिल भत्केको पुलबाट सुनसरी इटहरीका धुम्वाराही बस्दै आएका आश्रय रिजाल र बारा बड्की फूलबारीका ओमबहाल बस्दै आएका अलि आलम मियालाई पक्राउ गरेको हो।

उनीहरुले ०७६ चैत ३ गते काठमाडौं महानगर ९ सिनामंगलस्थित बोइज होस्टलबाट ४ थान ल्यापटप तथा चैत २४ गते भत्केको पुलस्थित डा. सुबिन मानन्धरको एप्पल म्याक बुक प्रो ल्यापटप र एप्पल आईप्याड चोरी गरेका थिए।

press card chor 2

उक्त घटनामा प्रहरीले सीसीटीभी फुटेज अध्ययन गरी पक्राउ गर्न सफल भएको हो। सीसीटीभीमा देखिएको एभेन्जर बाइक पहिल्याएर सोही आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट ल्यापटप, क्यानन क्यामरा, ५३ हजार रुपैयाँ, ३ सय अमेरिकी डलर, २ सय चिनियाँ युआन र धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल र एक टेलिभिजनको प्रेसकार्ड समेत बरामद भएको प्रहरीले बुधबार जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad