समाज


कोशी अस्पतालमा उपचाररत ८ कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

कोशी अस्पतालमा उपचाररत ८ कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

नेपालखबर
जेठ ७, २०७७ बुधबार ८:३६,

कोरोना भाइरसको संक्रमणपछि कोशी अस्पतालमा उपचाररत ८ जना निको भएर डिस्चार्ज भएका छन्।

 उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ४ जना र ४ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।

‘उदयपुरका ४ र ४ भारतीय नागरिक उपचारपश्चत निको भएर आज डिस्चार्ज हुनुभएको छ’, एसपी अधिकारीले नेपालखबरसँग भने।

भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ४ भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते कोशी अस्पतालको उपचार केन्द्रमा भर्ना भएका थिए।

४ जना स्थानीयमध्ये ३ जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए।

योसँगै देशभर निको भएर घर फर्कनेको संख्या ४५ पुगेको छ।

डिस्चार्ज भएपछि भुल्केका ४ जनालाई होम क्वारेन्टिनमा र ४ भारतीयलाई विराटनगर–१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको एसपीस् अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad