समाज


सर्लाहीमा इँटाको पर्खालले च्यापिएर ३ जना मजदुरको मृत्यु, २ घाइते

सर्लाहीमा इँटाको पर्खालले च्यापिएर ३ जना मजदुरको मृत्यु, २ घाइते

नेपालखबर
जेठ १, २०८३ शुक्रबार २१:२७, काठमाडौँ

सर्लाहीमा इँटाको चाङले पुरिएर तीनजना मजदुरको मृत्यु भएको छ।

हरिपुर नगरपालिका–५ मजुर्वास्थित वीरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा पर्खाल खस्दा हरिपुर नगरपालिका–७ रामवन बस्ने अन्दाजी वर्ष ५० का फिताई मंसुर, सोही नगरपालिका–९ गौडेता बस्ने अन्दाजी वर्ष ३५ का शम्भु राउत र भारतको लखेमपुर बस्ने अन्दाजी वर्ष ३५ का अंगद कुमारको ज्यान गएको हो।

शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

घटनामा थप तीनजना घाइते भएका छन्।

घटनामा सर्लाहीको मलंगवा नगरपालिका–७ बस्ने वर्ष ३२ का तुलसी महतो र सोही ठाउँका वर्ष ५२ का सत्य नारायण घाइते भएका छन्।

तुलसीको प्रादेशिक अस्पताल मलंगवा, सत्य नारायण र फिताई मंसुरको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको छ।

शुक्रबार साँझ साढे ६ बजे बजे स्थानीय मार्फत जानकारी पाउँना साथ उक्त स्थानमा इप्रका हरिपुर टोली खटी घटनास्थलमा गइ घाइतेहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा सर्लाही तर्फ पठाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad