समाज


मर्दीको भ्युपोइन्टबाट हराएका पदयात्री मृत फेला

मर्दीको भ्युपोइन्टबाट हराएका पदयात्री मृत फेला

नेपालखबर
जेठ २, २०८३ शनिबार १८:४५, काठमाडौँ

मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको भ्युपोइन्टबाट गत वैशाख ३० गते हराएका एक पर्यटक मृत भेटिएका छन्। 

शनिबार मृत भेटिएका पदयात्राी काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोलीले खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए।

अध्यक्ष तामाङका अनुसार, हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोज्दै गएको थियो। भिरबाट धेरै तल कपडा देखेपछि तीन घण्टा लगाएर उद्धार टोली तल झरेको थियो। 

कठिन भौगोलिक अवस्थाका कारण शव निकाल्न नसकिएको बताए। ‘अप्ठ्यारो भूगोलका कारणले मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था छैन। हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौँ,’ उनले भने, ‘चार घण्टा कुर्दासमेत हेलिकप्टर नआएपछि हामी पुनः हाइक्याम्प फर्किएका छौँ।”

मर्दीको लोक्याम्पमा बास बसेर भोलिपल्ट समुद्री सतहबाट चार हजार दुई सय मिटर उचाइमा अवस्थित मर्दीको भ्युपोइन्ट पुगेका थिए। त्यहाँबाट ‘टिसप’मा आफ्नो झोला राखेर ‘केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किएका थिए।

उनी साँझसम्म नफर्किएपछि भोलिपल्ट स्थानीयले खोजी गरेका थिए। दुई दिनसम्म खोजी गर्दा पनि हराएका व्यक्ति फेला परेका थिएनन्। शनिबार सुरक्षाकर्मी पुगेपछि स्थानीयसहितले पुनः खोजी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad