बुधबार, ६ जेठ २०८३ (१९ मे २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: शुभ समाचारले हौसला बढाउनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। ठिक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
वृष: गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम र मित्रताको सुखमा रमाउने समय छ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: रोकिएका काम पुनः सुरु हुनेछन्। पारिवारिक मनोरञ्जनात्मक कार्यक्रम हुनेछ र सद्भाव बढ्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्।
भाग्यशाली रङ निलो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सकारात्मक सोच राख्ने। कालो रङको प्रयोग नगर्ने।
कर्कट: आयव्यय बराबर रहने खालको दिन छ। मन परेको मानिससँग टाढिनुपर्दा मनमा छटपटी र अशान्ति छाउनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि मनमा फूर्ति र उत्साह बढेकै हुनेछ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
सिंह: दिन अविष्मरणीय सम्झनाले बित्नेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। जोस, जाँगर र हिम्मत बढ्नेछ। लाभदायक र सुखद यात्रा हुने योग छ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
कन्या: शुभ समाचार सुन्न पाइएला। नयाँ रोजगारीको अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। सेयर बजार र व्यापार व्यवसायबाट औसत लाभ मिल्नेछ।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला: धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुनर्मिलनको योग छ। आँटे-ताकेको पूरा होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
वृश्चिक: आफ्नो विचार विपरित निर्णय हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। सरकारी निकायको भय रहला। आर्थिक कारोबारमा विवाद आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुँदै जानेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: लगनशीलताले गरेका काम अगाडि बढ्नेछन्। रमणीय र सुखद यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। नयाँ व्यक्तिबिच समीपता बढ्नेछ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कुम्भ: रमणीय यात्राको योग छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट राम्रो सफलता मिल्नेछ। साँझमा केही पैसा खर्च हुन सक्छ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
मीन: बन्न लागेको काम बिग्रन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। बोल्दा विचार पुर्याउनुहोला। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
Shares

प्रतिक्रिया