समाज


मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न टास्क फोर्स

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न टास्क फोर्स

नेपालखबर
जेठ ५, २०८३ मंगलबार २१:३९, काठमाडौँ

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ।

वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि टास्क फोर्स गठन गरिएको वन मन्त्रालयले जनाएको छ। 

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ।

त्यस्तै सूचकका आधारमा २० वटा वडामा नमुना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा काम गर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad