समाज


गोंगबुको होटलमा भेटियो पुरुषको शव

गोंगबुको होटलमा भेटियो पुरुषको शव

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १३:४८, काठमाडौँ

विभिन्न जिल्लामा तीनजना पुरुष मृत अवस्थामा फेला परेका छन्। 

काठमाडौँ, पाल्पा र बैतडीमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 

काठमाडाैँको टोखा नगरपालिका-९ गोंगबु मिलनटोलस्थित न्यू नेपालगन्ज तनहुँ गेष्ट हाउसको ५०१ नम्बर कोठामा एक पुरुष मृत भेटिएका छन्। 

मृत फेला पर्ने मोरङको लेटाङ नगरपालिका-१ घर भएका ४६ वर्षीय कर्ण बहादुर मगर रहेका प्रहरीले जनाएको छ। उनी बिहीबार मृत फेला परेका हुन्। 

त्यसैगरी पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबा मन्दिर नजिकै भिरमा एक युवकको शव फेला परेको छ। 

हाल नाम, थर र वतन नखुलेका अन्दाजी २८ वर्षीय युवकको बिहीबार नै शव फेला परेको हो। 

त्यसैगरी बैतडीको डिलाशैनी गाउँपालिका-६ सैनगाउँ बस्ने ६७ वर्षीय प्रेम सिंह बोहरा पनि मृत भेटिएका छन्। 

बोहरा सोही गाउँपालिका-६ सैनगाउँस्थित राजिपातल खरबारी भिरमा बिहीबार मृत अवस्थामा फेला परेका परेका प्रहरीले जनाएको छ। 

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad