खेल


टीयूमा नेपालको हालसम्मकै उच्च स्कोर, अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य

टीयूमा नेपालको हालसम्मकै उच्च स्कोर, अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य

टीयू मैदानमा नेपालले बनाएको यो अहिलेसम्मको सर्वाधिक योगफल हो (सरोज नेपाल)


नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १३:५३, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले जितका लागि अमेरिकासामु ३ सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टीयू मैदानमा बनाएको नेपालले बनाएको यो अहिलेसम्मको सर्वाधिक योगफल हो। यसअघि नेपालले २०२३ मा घरेलु मैदानमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो। 

ओडीआईमा नेपालले स्कटल्यान्डविरुद्ध ३ सय २१ रनको विशाल योगफल बनाएको थियो। ओडीआईमा नेपालले बनाएको यो नै सर्वाधिक  योगफल हो। तर यो खेलमा नेपाल २ रनले पराजित भएको थियो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १७ रनको विशाल योगफल तयार पारेको छ। 

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए। ८३ बलमा ८ चौका र १ छक्का बनाएका पाण्डे शुभम रन्जानेको बलमा सेहान जयासुरियाको बलमा क्याच आउट हुन पुगे।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले १ सय १० रनको साझेदारी गरे। ५९ बलमा २ चौका र १ छक्का होनका कप्तान पौडेल ३७.६ ओभरमा ४६ रन बनाउँदा मिलिन्द कुमारको बलमा एलबीडब्लु धरापमा परे।  

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १२.५ ओभरमा ६९ रनको साझेदारी गरे। ३९ बलमा ५ चौका सहयोगमा २९ रन बनाएका कुशल भुर्तेल शुभमको बलमा साइतेजा मुक्कमल्लाको हातबाट क्याच आउट भए। 

५७ बलमा ६ चौका सहयोगमा ४३ रन बनाएका आशिफ शेख रुसिल उगारकरको बलमा स्मिथ पटेलको हातबाट आउट हुन पुगे। 
१२ बलमा १ छक्का सहयोगमा १५ रन बनाएका गुल्सन झा शुभमको बलमा क्याच आउट भए। 

दीपेन्द्र सिंह ऐरी ५९ रन थप्दै पेभेलियन फर्के। ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका दीपेन्द्र रनआउट भए। सोमपाल कामी ५ रनमा रनआउट भए। अमेरिकाका लागि शुभम रन्जानेले ३ विकेट लिए। रुसिल उगारकर र मिलिन्द कुमारले समान एक विकेट लिए। 

अमेरिकाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad