समाज


मुम्बईको एक अस्पतालमा कोरोना संक्रमित आमाहरुबाट सयभन्दा बढी बच्चा जन्मिए

मुम्बईको एक अस्पतालमा कोरोना संक्रमित आमाहरुबाट सयभन्दा बढी बच्चा जन्मिए

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ८:३९,

लोकमन्या तिलक म्युनिसिपल जनरल अस्पतालमा गएको एक महिनामा कोरोना संक्रमित आमाहरुबाट एक सय १५ बच्चा जन्मिएको बीबीसीले जनाएको छ।

यीमध्ये ३ जना बच्चामा मात्र कोरोनाको संक्रमण देखिएको थियो भने बच्चा जन्माउने क्रममा दुई कोरोना संक्रमित महिलाको ज्यान गएको थियो।

संक्रमित महिलाबाट जन्मिएका बच्चाहरु मध्ये ५६ केटा र ५९ केटी भएको जनाइएको छ।

हाल मुम्बईमा २० हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। तीमध्ये ७३० को ज्यान गइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad