आज (सोमबार) काठमाडौँ उपत्यकामा साँझपख वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोभन्दा साँझपख वा राति पानी पर्ने सम्भावना छ।
‘दिनभरचाहिँ आंशिक वा साधारणतया बादल लाग्ने सम्भावना छ’, उनले नेपालखबरसँग भनिन्, ‘साँझपख वा राति मध्यमसम्म वर्षा हुने सम्भावना छ, तर त्यस्तो ठुलो वा लामो समयको वर्षाचाहिँ हुँदैन।’
मौसमविद् महर्जनका अनुसार वर्षा हुने बेला बादल केही बढ्नेछ भने नहुने बेला बादल अलि कम लाग्नेछ।
आंशिक बादल भनेको आकाशमा थोरै बादल मात्र हुने र घाम देखिने अवस्था हो भने साधारणतया बादल लाग्दा लगभग पूरा आकाश ढाकेको हुन्छ, कतै कतै मात्र छिद्र हुन्छ।
देशभरको मौसम वा वर्षा सम्भावनाबारे भने मौसम पूर्वानुमान महाशाखाले अहिले बिहान ८ बजे विस्तृत बुलेटिन जारी गर्नेछ।
Shares

प्रतिक्रिया