समाज


बाजुरा र हुम्लाको सीमा विवादबारे समाचार संकलन गर्न गएका पत्रकारको क्यामरा तोडफोड

बाजुरा र हुम्लाको सीमा विवादबारे समाचार संकलन गर्न गएका पत्रकारको क्यामरा तोडफोड

नेपालखबर
जेठ ११, २०८३ सोमबार २०:१०, काठमाडौँ

बाजुराको रानीसैनमा भएको घटनामा संलग्न व्यक्तिहरूले समाचार संकलनमा रहेका पत्रकारका सञ्चार सामग्री तोडफोड, लुटपाट गरि भौतिक आक्रमणको धम्की समेत दिएकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

यही जेठ ३ गते उक्त घटनाको समाचार संकलनमा पुगेका पत्रकार उमेशबहादुर शाहीको ड्रोन क्यामरा नियन्त्रणमा लिई तोडफोड गरिएको, पत्रकार जनक बोहरा, अनिल शाही, जीतजंग कटेललाई खिचेको भिडियो मेटाउन लगाएको महासंघ बाजुरा शाखाले जनाएको छ।

जेठ ३ देखि ५ गतेसम्म सम्पर्कविहीन उनीहरू जेठ ६ गते शाखाको सम्पर्कमा आएको जनाइएको छ।

सो क्रममा पत्रकार प्रकाशबहादुर सिंहसहित शाही र कटेललाई सामाजिक सञ्जालमा गालीगलौज र ज्यान मार्ने धम्की दिएको शाखाको भनाइ छ।

महासंघले सोमबार विज्ञप्ति प्रकाशित गरी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको भर्त्सना गरेको छ। र, घटनाको छानबिन गरी दोषीउपर तत्काल कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग माग पनि गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad