ललितपुरको गोदावरी नगरपालिका-१४, ठैबकी ६५ वर्षीया सानुनानी महर्जनको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार सोमबार बेलुकी महर्जन आफ्नै घरको पानी ट्यांकीमा डुबेकी थिइन्। पानी ट्यांकीमा डुबेर घाइते भएकी उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा भर्ना गरिएको थियो।
उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया