अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ हबलदार विष्णु थापा क्षेत्रीविरुद्ध मुद्दा दायर गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत उनीविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोगको पोखरा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो।
आरोपी थापाविरुद्ध बिगोबमोजिम कैद र जरिबानासहितको माग गर्दै आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

प्रतिक्रिया