शुक्रबार, १५ जेठ २०८३ (२९ मे २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: आफ्नै क्षमता, अनुभव र दक्षताले महत्त्वपूर्ण काम सफलतापूर्वक सम्पन्न हुनेछन्। टाढिएका सम्बन्ध पुनः नजिकिने वा पुराना व्यक्तिसँग पुनर्मिलन हुने सम्भावना छ। कठोर बोली होइन, कठोर मेहनत नै वास्तविक चिनारी हो भन्ने मन्त्र ख्याल गर्नु होला।
भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृष: पुनर्मिलन तथा पुराना सम्बन्ध पुनः जोडिने योग रहेको छ। लेखन, अभिव्यक्ति वा संवादसँग सम्बन्धित काममा सफलता मिल्नेछ। शुभेच्छुक र सहयोगीको पूर्ण साथ प्राप्त हुनेछ। बोलीको प्रभाव र व्यवहार कुशलताले लक्ष्य पूरा गर्न मद्दत गर्नेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
मिथुन: मनपर्ने व्यक्तिसँगको भेटघाटले आत्मविश्वास र कार्यक्षेत्रमा नयाँ उत्साह थप्नेछ। रमणीय तथा पर्यटकीयस्थलको भ्रमणले मनलाई आनन्दित बनाउनेछ। सपना देख्ने आँखा कहिल्यै कमजोर हुँदैनन् भन्ने मन्त्र ख्याल गर्नु होला।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: स्वास्थ्यमा तथा सुन्दरतामा धन खर्च हुनेछ। राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। बाहिरी गफगाफमा भुलिँदा व्यापार-व्यवसायमा असर पर्न सक्छ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
सिंह: चलाखीपूर्ण बोलीले काम सफल हुन सक्छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ लक्ष्यप्राप्तिको योग देखिन्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कन्या: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
तुला: शुभकार्यको चर्चा चल्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
वृश्चिक: महत्त्वपूर्ण अवसर गुम्न सक्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। साँझमा प्रतिष्ठित व्यक्तिसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
धनु: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। तर सरकारी निकायको भय रहनेछ, अत: सावधान रहनुहोला।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
मकर: सामाजिक कार्यमा रुचि जाग्नुका साथै रमाइलो यात्राको योग देखिन्छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। बोलीको भरमा सङ्कल्पसिद्ध हुनेछ। शुभ समाचार सुन्नमा आउला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। विवेक र लगनले सफलता आफैँ बोलाउँछ भन्ने मन्त्र ख्याल गर्नु होला।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मीन: दिन मध्यम रहनेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। बाटो आफैँ बन्छ, हिँड्ने आँट चाहिन्छ भन्ने मन्त्र ख्याल गर्नु होला।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया