समाज


कोरोनाबाट आमा गुमाएका शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज

कोरोनाबाट आमा गुमाएका शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ७:४१,

कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्तहरु शुक्रबार धुलिखेल अस्पतालको आइसोलेसन कक्षबाट डिस्चार्ज भएका छन्।

धुलिखेल अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै सबैको पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना नदेखिएकाले डिस्चार्ज गरिएको जनाएको छ। 

अस्पतालबाट डिस्चार्ज भएका उनीहरुलाई थप एक हप्ता सम्बन्धित जिल्लाको आइसोलेसनमा राख्नुपर्ने र त्यसपछि आरडीटी परीक्षण गरेर मात्रै घर पठाइने अस्पतालले जनाएको छ।

शिशुलाई भने हल्का जण्डिस र ससाना बिमिराको समस्या भएपनि बालरोग विशेषज्ञलाई देखाउँदा डिस्चार्ज गर्न योग्य भएको निष्कर्षसहित सबैलाई डिस्चार्ज गरिएको अस्पतालका प्रशासकीय अधिकृत रमेश माकजुले जनाए।

महिलाको गत १ जेठमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad