समाज


मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा १७ वर्षीय किशोरको मृत्यु, अर्का १ घाइते

मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा १७ वर्षीय किशोरको मृत्यु, अर्का १ घाइते

नेपालखबर
जेठ १८, २०८३ सोमबार १३:६, काठमाडौँ

पोखरामा मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ। 

पोखरा महानगरपालिका-८ न्युरोडमा ग. १० प ८१४० नम्बरको स्कुटर र ग. १८ प ९८८१ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा स्कुटरमा सवार किशोरको मृत्यु भएको हो। 

मृत्यु हुनेमा पोखर महानगरपालिका-२६ माझठाना बस्ने १७ वर्षीय सिजन तिवारी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad