समाज


चिकित्सकको लाइसेन्स परीक्षामा फेल हुने धेरै विदेश पढेका

चिकित्सकको लाइसेन्स परीक्षामा फेल हुने धेरै विदेश पढेका

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १८:७, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा नेपालभन्दा विदेशमा पढेका धेरै चिकित्सक अनुत्तीर्ण भएका छन्। 

काउन्सिलले मंगलबार लाइसेन्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ। एमबीबीएसतर्फ परीक्षा दिएका एक हजार ८३७ चिकित्सकमध्ये एक हजार १६२ जना उत्तीर्ण भएका छन्। यो भनेको ६३.५० प्रतिशत हो। 

उनीहरूमध्ये ६६४ जना अनुत्तीर्ण भएइका छन् भने चारको परीक्षा रोक्का गरिएको काउन्सिलले जनाएको छ। 

एमबीबीएसको परीक्षा दिएकामध्ये नेपालमा पढेका एक हजार २५४ मध्ये ९६३ जना अर्थात ७६.७९ प्रतिशत उत्तीर्ण भएका छन्। त्यस्तै, २८७ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको परीक्षा रोकिएको छ। 

यस्तै, बंगलादेशमा पढेका ३६७ जनामध्ये १५१ जना अर्थात ४१.१४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। बंगलादेशमा पढेका २१६ जना अनुत्तीर्ण भएका छन्। 

चीनमा पढेका १३३ चिकित्सकमध्ये २० जना उत्तीर्ण भएका छन् भने १०९ जना अनुत्तीर्ण भएका छन्। भारतमा पढेका २६ जनामध्ये ११ जना मात्रै उत्तीर्ण भएका छन् भने १५ जना अनुत्तीर्ण भएका छन्। 

फिलिपिन्समा पढेका पनि ४२ जनामध्ये १२ जना मात्रै उत्तीर्ण भएका छन्। अनुत्तीर्ण हुने चिकित्सक २९ जना छन्। 

त्यसैगरी, बीडीएस पढेका पनि विदेशमा पढेका धेरै अनुत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार, बीडीएसतर्फ ४३४ जनामध्ये ३५३ जना अर्थात ८१.५२ प्रतिशत उत्तीर्ण भएका छन्। उनीहरूमध्ये ८० जना अनुत्तीर्ण भएका छन् भने एक जना अनुपस्थित थिए। 

बीडीएसतर्फ नेपालमा पढेका चार सय जनामध्ये ३४३ जना अर्थात ८५.७५ प्रतिशत उत्तीर्ण भएका छन्। उनीहरूमध्ये ५७ जना मात्रै अनुत्तीर्ण भएका छन्। 

भारतमा पढेका १७ जनामध्ये एक जना अर्थात ५.८८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। भारतमा पढेकामध्ये  १६ जना अनुत्तीर्ण भएका छन्।

यस्तै, बंगालदेशमा पढेका १६ जनामध्ये नौ जना उत्तीर्ण र ६ जना अनुत्तीर्ण भएका छन्। फिलिपिन्सबाट बीडीएस गरेका एक जना लाइसेन्सिङ परीक्षा अनुत्तीर्ण भएको काउन्सिलले जनाएको छ। 

त्यस्तै, नेपालमा पढेका चिकित्सकमध्ये एमबीबीएसतर्फ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाका धेरै चिकित्सक उत्तीर्ण भएका छन्। प्रतिष्ठानका ७७ मध्ये ७१ जना अर्थात ९२.२१ प्रतिशत उत्तीर्ण भएका छन् भने ६ जना अनुत्तीर्ण भएका छन्। 

बीडीएसतर्फ गण्डकी मेडिकल कलेजका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गण्डिक मेडिकल कलेजमा पढेका १२ जनाले चिकित्सकले परीक्षा दिएकोमा सबै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ। 

कुन कलेजका कति उत्तीर्ण? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad