समाज


यी ३ सडक पूर्णरूपमा अवरुद्ध, २ सडक एकतर्फी

यी ३ सडक पूर्णरूपमा अवरुद्ध, २ सडक एकतर्फी

फाइल फोटो


नेपालखबर
जेठ २१, २०८३ बिहिबार ११:१०, काठमाडौँ

बाढी पहिरोको जोखिम बढेपछि काठमाडौँको सतुंगल चित्लाङसहित तीन सडक आज पनि पूर्णरुपमा अवरुद्ध भएका छन्। दुई सडकमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेका प्रहरीले जनाएको छ। 

पूर्वी तराई र पहाडी भूगोललाई राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्गमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। 

काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ देउरालीमा सडक मर्मत कार्य जारी रहेकाले सतुंगल चित्लाङ सडक अहिले बन्द छ। यो सडक एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ। 

त्यसैगरी बाढीको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका-२ दोभानमा पनि मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। 

त्यसैगरी पहिरोको कारण रोल्पामा घोराही थवाङ सहिद राजमार्ग पनि पूर्णरुपमा बन्द भएको छ। 

त्यसैगरी पहिरोको जोखिम बढेपछि संखुवासभामा मध्यपहाडी राजमार्गमा अहिले एकतर्फी गाडी चलेका छन् भने भोजपुरमा एकतर्फी मात्रै गाडी चलेका छन्। 

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad