समाज


यी ३२ अस्पताल-प्रतिष्ठानलाई आफ्नो जग्गाको विवरण ३ दिनभित्र स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन

यी ३२ अस्पताल-प्रतिष्ठानलाई आफ्नो जग्गाको विवरण ३ दिनभित्र स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन

नेपालखबर
जेठ २१, २०८३ बिहिबार ११:३०, काठमाडौँ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका ३२ अस्पताल/प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाको अवस्थाबारे ३ दिनभित्र जानकारी पठाउन निर्देशन दिएको छ।

यसअघि गत वैशाख ३० गतेको निर्णयानुसार ती ३२ अस्पताल/प्रतिष्ठानको स्वामित्वमा रहेका जमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तोकिएका कार्य तत्काल सम्पादन गरी जानकारी गराउन भनिए पनि अहिलेसम्म नगराइएकाले मन्त्रालयले तीन दिनको समय दिएको हो। 

यी हुन् ती ३२ अस्पताल/प्रतिष्ठान

-पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (कास्की)

-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर) 

-सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (भक्तपुर)

-नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (काठमाडौँँ)

-नेपाल मेडिकल काउन्सिल (काठमाडौँँ)

-नेपाल नर्सिङ परिषद् (काठमाडौँँ)

-वीर अस्पताल, नर्सिङ क्याम्पस (काठमाडौँ)

-जीपी कोइराला राष्ट्रिय स्वास प्रधास केन्द्र (तनहुँ)

-डडेल्धुरा अस्पताल (डडेलधुरा)

-मानसिक अस्पताल (ललितपुर)

-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (काठमाडौँ)

-राष्ट्रिय ट्रमा सेन्टर (काठमाडौँ)

-कोसी अस्पताल (विराटनगर)

-भेरी अस्पताल (नेपालगन्ज)

-आयुर्वेद चिकित्सालय (काठमाडौँ)

-पशुपति होमियोप्याथिक चिकित्सालय (ललितपुर)

-सिंहदरबार वैद्यखाना विकास समिति (काठमाडौँ)

-कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (मकवानपुर)

-राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (भक्तपुर)

-भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर)

-सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके)

-भरतपुर अस्पताल (चितवन)

-बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर)

-गजेन्द्र नारायण सिंह अस्पताल (सप्तरी)

-परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (काठमाडौँ)

-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)

-नारायणी अस्पताल (पर्सा)

-राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र (काठमाडौँ)

-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला)

-रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (सप्तरी)

-स्वास्थ्य बिमा बोर्ड (काठमाडौँ)

-गेटा अस्पताल (कैलाली)  

मन्त्रालयका अनुसार विवरण यसरी पठाउनुपर्नेछ

क) अस्पतालको स्वामित्वमा रहेको जग्गाको साँध सिमाना स्वीकृत नक्सा अनुसार भए/नभएको यकिन गर्ने तथा सो जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए/नभएको विस्तृत विवरण तयार गर्ने।

(ख) अस्पतालको स्वामित्वमा रहेका जग्गाको अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्ने र सोको पालना नभएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाई अस्पतालको भोगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउने।

ग) अतिक्रमणमुक्त गरिएको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल (घेरावार वा अन्य आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्ने तथा जग्गासम्बन्धी लालपुर्जा र स्रेस्ता अद्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad